Join our Channel

ढाकामा रोमाञ्चक खेल: नेपाल र बंगलादेश २–२ को बराबरीमा रोकिए

ढाकामा रोमाञ्चक खेल: नेपाल र बंगलादेश २–२ को बराबरीमा रोकिए

नेपाल र बंगलादेशबीच ढाकास्थित नेशनल स्टेडियममा भएको फिफा मैत्रीपूर्ण खेल २–२ को बराबरीमा समाप्त भएको छ।

खेलको २९ औं मिनेटमा नेपालका अनुभवी खेलाडी रोहित चन्दले पेनाल्टी एरियाबाहिरबाट प्रहार गरेको गोलमार्फत नेपालले खेलमा प्रारम्भिक अग्रता बनाएको थियो।

पहिलो हाफमा प्रभावशाली प्रदर्शन गर्दै नेपालले १–० को अग्रता कायम राख्यो। तर दोस्रो हाफमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीको दुई गोलले नेपाल खेलमा २–१ ले पछाडि परेको थियो।

निर्धारित ९० मिनेटपछि थपिएको ३ मिनेटको इन्जुरी टाइमको अन्तिम क्षणमा, दिनेश हेञ्जनको कर्नरमा अनन्त तामाङले ब्याकफुट किकमार्फत गोल गर्दै नेपाललाई हारबाट जोगाए।

खेलका प्रमुख मोड–घटनाहरु

  • 29’ – गोल, नेपाल (1–0): सुमित श्रेष्ठको कटब्याक पासलाई रोहित चन्दले दमदार प्रहार गर्दै गोल।
  • 46’ – गोल, बंगलादेश (1–1): कप्तान जमाल भुइँयाको पासमा हम्जा चौधरीको एक्रोब्याटिक फिनिस।
  • 49’ – गोल, बंगलादेश (1–2): नेपाली डिफेन्डर सुमन श्रेष्ठद्वारा रकीब होसेनलाई डिबक्समा फाउल, त्यसपछि पेनाल्टीमा चौधरीको दोस्रो गोल।
  • 90+3’ – गोल, नेपाल (2–2): दिनेश हेन्जनको कर्नरमा अनन्त तामाङको ब्याकफुट किकमार्फत बराबरी गोल।

६२ औं मिनेटमा लकेन लिम्बुले पञ्च गरिएको बल भेटाउन नसक्दा नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमाएको थियो।

यसअघि नेपाल र बंगलादेशबीच गत भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल तय भए पनि पहिलो खेल गोलरहित बराबरीमा सकिएको र दोस्रो खेल जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो।

Leave a comment