Join our Channel

मंगलबार यी क्षेत्रमा मेघगर्जनसहित वर्षा सम्भावना, तराईमा हुस्सु र तुवाँलो

मंगलबार यी क्षेत्रमा मेघगर्जनसहित वर्षा सम्भावना, तराईमा हुस्सु र तुवाँलो

मंगलबार देशका विभिन्न स्थानमा आंशिक बदली तथा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने दिनभरि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। सम्भावित वर्षासँगै चट्याङ पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

रातिको मौसम अवस्था

मंगलबार राति तराई क्षेत्रका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली कायम रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसममा आएको परिवर्तनसँगै किसान, यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

Leave a comment