Join our Channel

प्रि–ओपन सेसनमै नेप्सेमा उछाल: परिसूचक ३५.९३ अंकले बढ्दा ५६ करोडको कारोबार

प्रि–ओपन सेसनमै नेप्सेमा उछाल: परिसूचक ३५.९३ अंकले बढ्दा ५६ करोडको कारोबार

मंगलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेखनीय अंकले बढेर बन्द भएको छ। यस अवधिमा नेप्से परिसूचक ३५.९३ अंकले बढ्दै २९११.३६ विन्दुमा पुगेको हो। यो वृद्धि १.२४ प्रतिशत बराबर रहेको छ।

प्रि–ओपन सेसनमा कुल २५९ स्क्रिप्सको १३ लाख ८७ हजार १८२ कित्ता सेयर खरिद–बिक्री हुँदा ५६ करोड ९८ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा सहभागी स्टक्समध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैगरी ३४ वटा स्टक्सको मूल्य स्थिर रहेको छ।

यसअघि सोमबार भने सेयर बजारमा तीन पटक पोजेटिभ सर्किट ब्रेकर लागेपछि दिनभरको कारोबार नै बन्द गरिएको थियो।

विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना र राजनीतिक अवस्था स्पष्ट हुने संकेत देखिएपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएको हो। यही कारण सेयर बजारमा उत्साह बढेको देखिएको छ।

Leave a comment