Join our Channel

दिल्ली जाँदै गरेको एयर इन्डिया जहाजमा बमको धम्की, फुकेटमा आपतकालीन अवतरण

दिल्ली जाँदै गरेको एयर इन्डिया जहाजमा बमको धम्की, फुकेटमा आपतकालीन अवतरण
Getty Images

थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ उडेको एयर इन्डियाको फ्लाइट AI 379 मा बम विष्फोटको धम्कीपछि आपतकालीन अवतरण गरिएको छ। जहाजमा १५६ जना यात्रु सवार थिए।

धम्कीपछि विमान अण्डमान समुद्रमाथि केही समय घुमाएर सुरक्षाको दृष्टिकोणले पुनः फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षितरूपमा अवतरण गराइएको हो। थाइ विमानस्थलका अनुसार यात्रुहरूलाई आपतकालीन प्रोटोकलअनुसार सुरक्षित निकालिएको छ।

बमको धम्की लेखिएको नोट विमानभित्र भेटिएको भए पनि प्रारम्भिक खोजतलासमा कुनै विष्फोटक पदार्थ फेला परेको छैन। हाल सो नोट भेट्ने यात्रुसँग सोधपुछ भइरहेको थाइ सुरक्षा निकायहरूले जानकारी दिएका छन्।

विमान स्थानीय समय अनुसार बिहान ९:३० बजे उडेको थियो र दिउँसो १२:४० मा दिल्ली अवतरण गर्ने तालिका थियो।

यो घटना एयर इन्डियाको अर्को विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको २४ घण्टाभित्रै भएको हो। सो दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। मृतकमध्ये यात्रु, बालबालिका, स्थानीय बासिन्दा, तथा बीजे मेडिकल कलेज र होस्टेलमा रहेका विद्यार्थीहरू पनि परेका छन्।

Leave a comment