Join our Channel

उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जना सिफारिस

उच्च अदालतको मुख्य न्यायाधीशमा ४ जना सिफारिस

न्याय परिषद्ले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीशका लागि सिफारिस गरेको छ। परिषदको निर्णयअनुसार न्यायाधीश राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

न्याय परिषद्ले विगत केही समयदेखि खाली रहेको उच्च अदालतको प्रमुख पदमा योग्य र अनुभव भएका न्यायाधीशहरूलाई सिफारिस गर्ने प्रक्रिया अघि बढाएको हो। चारै जना न्यायाधीशहरु उच्च अदालतमा कार्यरत रहीसकेका अनुभवी न्यायाधीश हुन्।

Leave a comment