Join our Channel

‘जेनजी’ भन्दै सरकारी कार्यालय धम्क्याउने अर्जुन शाही कोटेश्वरबाट पक्राउ

‘जेनजी’ भन्दै सरकारी कार्यालय धम्क्याउने अर्जुन शाही कोटेश्वरबाट पक्राउ

‘जेनजी’का नाममा विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउँदै हिँड्ने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। उनका अनुसार शाहीविरुद्ध विभिन्न आपराधिक मुद्दामा उजुरी परेकाले उनलाई पक्राउ गरिएको हो।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले हालै नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता संवेदनशील कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने, अनुगमनको नाममा दबाब दिने र ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ।

अधिकारका नाममा धम्की र दबाबका घटना बढ्दै जाँदा प्रहरीलाई नागरिकले उजुरी दिएका थिए। उजुरीको आधारमा अनुसन्धान गर्दा शाही र उनको समूहको संलग्नता भेटिएको प्रहरीले जनाएको छ।

Leave a comment