Join our Channel

एक महिनामा ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

एक महिनामा ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

सन् २०२५ को अगस्त महिनामा नेपालमा ८८ हजार ६८० विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको अगस्त महिनाको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो।

भारतबाट सबैभन्दा बढी ३५ हजार ५०५ (४०%) पर्यटक आएका छन्। त्यसपछि चीनबाट ७ हजार ५३३ (८.५%), अमेरिकाबाट ६ हजार ६८ (६.८%), श्रीलंकाबाट ५ हजार ९५६ (६.७%) र बंगलादेशबाट ४ हजार २६२ (४.८%) पर्यटक आएका छन्।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्मको आठ महिनामा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल भित्रिएका छन्।

क्षेत्रगत रूपमा हेर्दा:

  • दक्षिण एसियाली (सार्क) देशबाट ५३% (४७,१३७)
  • एसियाका अन्य देशबाट १७.८% (१५,७७७)
  • युरोपबाट १२.६% (११,१३२)
  • ओसनियाबाट २.७% (२,४३५)
  • अमेरिकाबाट ८.२% (७,२९३)
  • मध्यपूर्वबाट १.१% (९४४)
  • अफ्रिकाबाट ०.४% (३२२)
  • अन्य देशबाट ४.१% (३,६४०)

जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीका अनुसार, कोरोना महामारीपछि नेपालको पर्यटन क्रमशः पुनरुत्थान हुँदैछ। उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेसको थप उडान सुरु भएपछि भारतबाट आउने पर्यटक संख्या उल्लेख्य रूपमा बढेको छ। आगामी महिनाहरूमा पर्यटक आगमन थप वृद्धि हुने अपेक्षा छ।”

Leave a comment