Join our Channel

ब्राउनसुगरसहित दुईजना पक्राउ, भारतबाट ल्याउँदै गर्दा समातिए

ब्राउनसुगरसहित दुईजना पक्राउ, भारतबाट ल्याउँदै गर्दा समातिए

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये बाँसगढी नगरपालिका–३ बेलुवा बस्ने १७ वर्षीय किशोर पनि रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट करिब ३ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त पदार्थ भारतबाट नेपाल भित्र्याइएको अनुमान गरिएको छ। हाल पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment