Join our Channel

भरुवा बन्दुकसहित तीनजना पक्राउ, प्रहरीको विशेष टोलीद्वारा नियन्त्रण

दुधौलीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ, प्रहरीको विशेष टोलीद्वारा नियन्त्रण

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४ गायोटारबाट प्रहरीले तीन जनालाई अवैध हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये सोही स्थानका ५३ वर्षीय कुलबहादुर सुनुवार पनि रहेका छन्।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई तीन थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले अवैध रूपमा हतियार राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। अहिले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Leave a comment