
जिल्ला डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरूली कार्की खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएकी छन्।
स्थानीय बमबहादुर कार्की का अनुसार, हरूली कार्की बुधबार दिउँसो घर नजिकैको न्यौटे भीरमा खर काटिरहेको अवस्थामा करिब १०० मिटर तल खोल्सामा शव फेला परेको छ।
सुदूर पहाडी क्षेत्रमा हरेक वर्ष थुप्रै महिलाहरू खर काट्ने क्रममा जोखिमपूर्ण अवस्थाबाट ज्यान गुमाउने गरेका छन्।