Join our Channel

बाँके बाल सुधार गृह झडप : पाँचको मृत्यु, दुई घाइते

बाँके बाल सुधार गृह झडप : पाँचको मृत्यु, दुई घाइते

बाँकेको बैजनाथ गाउँपालिका–१, नौबस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुरक्षा स्रोतका अनुसार मृतकहरूमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।

भेरी अस्पतालका चिकित्सकका अनुसार उनीहरूलाई अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको थियो। गएराति सुधार गृहभित्र कैदीबन्दीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेको थियो। घाइते दुईजनालाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ।

घटनापछि बाल सुधार गृह र भेरी अस्पताल परिसरमा सुरक्षा कडा पारिएको छ। घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ र आवश्यक कारबाहीका लागि कदम चालिँदैछ।

Leave a comment