Join our Channel

चार महिनामै ५,८४२ विदेशी पर्यटक हुम्ला हुँदै मानसरोवर–कैलाश दर्शनमा

चार महिनामै ५,८४२ विदेशी पर्यटक हुम्ला हुँदै मानसरोवर–कैलाश दर्शनमा

चार महिनाको अवधिमा पाँच हजार आठ सय भन्दा बढी विदेशी पर्यटक हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शनका लागि पुगेका छन्।

नेपाल–चीन सिमानामा पर्ने हिल्सा नाका गत वैशाख १८ गतेबाट सञ्चालनमा आएपछि पर्यटकको चाप उल्लेख्य रुपमा बढेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार जेठदेखि भदौसम्म मात्र ५,८४२ विदेशी यात्रु मानसरोवर–कैलाश दर्शनमा पुगे। जसमा ५,५१७ भारतीय तीर्थयात्री र ३२५ अन्य मुलुकका पर्यटक रहेका छन्।

हिल्सा नाका सञ्चालनपछि चाप बढ्यो

  • भारतीय पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि
  • हुम्ला हुँदै मानसरोवर–कैलाश यात्रा छोटो र सहज
  • सिमकोट विमानस्थलमा दैनिक ५–१० उडान
  • सीता, समिट र तारा एयरले नियमित सेवा
  • हेलिकप्टरमार्फत हिल्सा हुँदै मानसरोवर प्रवेश

सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीका अनुसार, “यो कोरोना संक्रमणपछिको सबैभन्दा ठूलो संख्या हो, जसमा भारतीय तीर्थयात्रीको उपस्थिति अत्यधिक छ।”

स्थानीय होटल र सेवा व्यवसायमा चहलपहल

हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार, पछिल्ला चार महिनामा सिमकोट र हिल्साका होटलहरू भरिभराउ छन्। कतिपय यात्रु गाडीमार्फत पनि हिल्सा हुँदै मानसरोवर पुगेका छन्।

शुल्क उठाउने प्रचलन

सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाले विदेशी पर्यटकबाट शुल्क उठाउने गरेका छन्।

  • भारतीय पर्यटक: प्रतिव्यक्ति रु. १,१००
  • अन्य मुलुकका पर्यटक: प्रतिव्यक्ति रु. १,५००

Leave a comment