Join our Channel

केपी ओलीमाथि भीम रावलको कडा प्रहार : असीमित सत्ता लिप्साले एमालेमा तानाशाही प्रवृत्ति बढ्दै

केपी ओलीमाथि भीम रावलको कडा प्रहार : असीमित सत्ता लिप्साले एमालेमा तानाशाही प्रवृत्ति बढ्दै

एमालेका पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि असीमित सत्ता लिप्सा, निरंकुश र तानाशाही चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई होच्याउने अभिव्यक्ति दिएपछि रावलले सामाजिक सञ्जालमार्फत ओलीको आलोचना गर्दै पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र विधिसम्मत नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन्।

रावलका अनुसार, ओलीले हालै बालुवाटारमा नेता तथा कार्यकर्तासँगको छलफलमा भण्डारीलाई ‘अनुभवहीन’ र ‘लालगेडी’जस्ता शब्द प्रयोग गरी अपमानजनक अभिव्यक्ति दिएका थिए। साथै, अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न खोज्नेहरूलाई धम्कीपूर्ण टिप्पणी गरेको रावलको आरोप छ।

रावलले लेखेका छन्, “पार्टीको दसौं महाधिवेशनमा विधि र प्रणालीअनुसार प्रतिस्पर्धा गर्न सबैलाई अवसर दिनुपर्छ भन्ने मान्यतामा दृढ रहँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ। तर, व्यक्तिगत स्वार्थ र सत्ता लिप्साले त्यसलाई अस्वीकार गरियो।”

उनले ओलीको पछिल्लो व्यवहारले एमालेभित्र दीर्घकालीन हितभन्दा पनि व्यक्तिगत सत्ताको मोह बढिरहेको प्रमाणित भएको दाबी गरे।

Leave a comment