
भोजपुरको षडानन्द नगरपालिका-४ मा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार, चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं. १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परी ट्याक्टर चालक २५ वर्षीय आइतबहादुर तामाङ र १७ वर्षीय नविन तामाङ घटनास्थलमै मृत्यु भएका हुन्।
घाइतेहरूमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन्। उनीहरूको हाल दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
मुख्य बुँदा
- भोजपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु।
- चार जना घाइते, दिङ्ला नगर अस्पतालमा उपचार।
- दुर्घटनामा काठ बोकेको ट्याक्टर संलग्न।