
वीरगन्जमा गोल्डेन भनिने २० वर्षीय शिवम साह कानुको हत्यामा संलग्न ‘खुनी दरिन्दे समूह’का चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।
घटनामा संलग्न अन्य दुई जनाले धरौटी बुझाएर रिहा भएका छन्।
प्रहरीका अनुसार, गत असोज १४ गते महाअष्टमीको राति वीरगन्जको गीतामन्दिर नजिक दशैं मेलामा दुई समूहबीच भएको झगडापछि बाराको परवानीपुर–५ स्थायी घर भएका गोल्डेनको हत्या भएको थियो।
पुलिसले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको थियो। शुक्रबार पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि गौतम पटेल (१९), शुभांकर चौरसिया (२०), अमिरी पटेल (२२) लाई वीरगन्ज कारागार पठाउने निर्णय गरेको छ भने १७ वर्षीय किशोरलाई बाल सुधार गृहमा पठाइएको छ।
साथै, चन्दन चौरसिया र अमन पटवाले अदालतले तोकेको दुई–दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। मन्टु पटेलले ५० हजार धरौटी बुझाउन नसकेपछि उनलाई पनि कारागार चलान गरिएको छ।
मुख्य बुँदा
- वीरगन्जमा गोल्डेन साहको हत्या ‘खुनी दरिन्दे समूह’सँग सम्बन्धित।
- चार जना पुर्पक्षका लागि कारागार, १७ वर्षीय किशोर बाल सुधार गृहमा।
- अन्य दुई जना धरौटीमा रिहा।