
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ। अनामनगरस्थित कार्यालयमा पुगेको अख्तियारको टोलीले विभिन्न कागजातहरू नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
डिआई (Ductile Iron) पाइप खरिद प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट टोली खटाई छापा मारिएको हो। आयोगका अनुसार खरिदसम्बन्धी कागजातहरूको अध्ययन र अनुसन्धानका लागि ती सामग्री नियन्त्रणमा लिइएका छन्।
प्रारम्भिक जानकारीअनुसार खरिद प्रक्रियामा मूल्यांकन, ठेक्का प्रदान र गुणस्तर परीक्षणमा अनियमितता भएको शंका छ। आयोगले यस विषयमा विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।