Join our Channel

विराटनगरमा महिला उद्यमशीलता प्रवद्र्धन गर्दै दुई दिने हस्तकला प्रदर्शनी

विराटनगरमा महिला उद्यमशीलता प्रवद्र्धन गर्दै दुई दिने हस्तकला प्रदर्शनी

महिला उद्यमशीलता प्रवद्र्धनका लागि क्रियाशील **‘विन च्याप्टर मोरङ’**ले आजदेखि विराटनगरमा दुई दिने हस्तकला प्रदर्शनी आयोजना गर्दैछ।

प्रदर्शनी **वीरेन्द्र सभागृह अगाडि रहेको ‘युमेन इन्टरप्रेनर्स ग्यालरी’**मा सञ्चालन हुने छ। कोशी प्रदेशकै पहिलो अग्रणी महिला उद्यमशीलता प्रवद्र्धन केन्द्र मानिने यस ग्यालरीको स्थापना स्थानीय महिलाको सिर्जनात्मकता र सीप प्रदर्शन गर्ने उद्देश्यले गरिएको हो।

‘बिन मोरङ च्याप्टर’की अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले भने:

“हाम्रा सीप नै हाम्रा उद्यमशीलताका परिचय हुन्, तिनलाई निरन्तर रूपमा उन्नत र सशक्त बनाइराख्न आवश्यक छ। प्रदर्शनीलाई महिलाको सिर्जनात्मकता, सीप र आत्मविश्वासलाई एउटै मञ्चमा ल्याउने प्रयासका रूपमा लिएका छौँ।”

उक्त प्रदर्शनीको मुख्य उद्देश्य महिला उद्यमीले तयार पारेका हस्तनिर्मित सामग्रीलाई प्रवद्र्धन गर्नु र पारम्परिक चाडपर्वको अवसरमा स्थानीय उत्पादनको बजार विस्तार गर्नु रहेको छ।

अध्यक्ष श्रेष्ठले थपिन्,

“प्रदर्शनीबाट उद्यमी महिलालाई बजारमा कुन उत्पादनको बढी माग छ भन्ने मूल्याङ्कन गर्न, नयाँ कुरा सिक्न र आफ्ना उत्पादनमा सुधार ल्याउन सहयोग पुग्नेछ।”

प्रदर्शनीमा जुट, ऊन, रेशम, पात, गोबरका सामग्री, मैनबत्ती, मणिको काम, लोकता उत्पादन लगायतका वस्तुहरु राखिनेछन्।

Leave a comment