Join our Channel

नेपाल आज सामाओसँग उपाधिका लागि भिड्दै, जिते प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार पुरस्कार

नेपाल आज सामाओसँग उपाधिका लागि भिड्दै, जिते प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार पुरस्कार

आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग भिड्दैछ
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा दिउँसो ४:१५ बजे सुरु हुने खेल नेपालका लागि उपाधि जित्ने निर्णायक खेल हुनेछ।

नेपालले यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपको टिकट पक्का गरिसकेको छ। तर, आजको खेलमा सामाओलाई पराजित गर्न सके नेपालले आइसिसीको प्रतियोगितामा पहिलो पटक उपाधि जित्ने ऐतिहासिक उपलब्धि हात पार्नेछ।

यदि नेपाल विजयी भयो भने, सरकारी पुरस्कार ऐन अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि, नेपालले वेस्टइन्डिजसँगको द्विपक्षीय टी–२० सिरिज जित्दा प्रत्येक खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाएका थिए।

नेपालले यसअघि २०१० मा आइसिसी लिग डिभिजन–५ को उपाधि जितेको थियो।
सुपर सिक्स चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै

  • पहिलो खेलमा युएईलाई १ रनले,
  • दोस्रो खेलमा कतारलाई ५ रनले,
  • र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको छ।

नेपाल हालसम्म अपराजित टिम बनेको छ भने सामाओले खेलेका सबै ३ खेलमा हार बेहोरेको छ।
यस कारण, नेपालले आजको खेल जित्ने सम्भावना बलियो देखिएको छ।

Leave a comment