Join our Channel

वीरगन्ज महानगरले सहिदका परिवारलाई ५ लाख दिने

वीरगन्ज महानगरले सहिदका परिवारलाई ५ लाख दिने

जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीबाट ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने निर्णय गरेको छ।

शनिबार नगरसभा गृहमा सम्पन्न १८ औं विशेष अधिवेशन (विशेष नगरसभा) ले मेयर राजेशमान सिंहद्वारा प्रस्तुत पुनर्निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।

गत भदौ २४ गतेको आन्दोलनमा महानगर कार्यालय भवन, गाडी र अन्य संरचनामा आगजनी तथा तोडफोड हुँदा १ अर्ब १५ करोडभन्दा बढीको क्षति भएको थियो। यसै कारण नगरसभाले चालु वर्ष ३ अर्ब २२ करोडको बजेटलाई संशोधन गरी पुनर्निर्माणतर्फ खर्च गर्ने निर्णय गरेको हो।

कर्णका अनुसार तत्काल पुनर्निर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखी विकास योजनाहरूलाई स्थगित गरिनेछ।

त्यसैगरी, विशेष नगरसभाले आन्दोलनकै क्रममा काठमाडौंमा प्रहरीको गोली लागी शहादत प्राप्त गरेका वीरगन्ज–१२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।

Leave a comment