
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले कुल रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ।
भन्सार विभागले सो अवधिसम्म कार्यालयलाई रु ४३ अर्ब ३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेकोमा कार्यालयले लक्ष्यको ९०.९९ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार साउन महिनामा रु १८ अर्ब ४४ करोड र भदौ महिनामा रु २० अर्ब १२ करोड राजस्व संकलन भएको छ। उनले विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए।
भदौ महिनाको दैनिक राजस्व सङ्कलन
- भदौ १२ गते : रु २ अर्ब ३७ करोड
- भदौ १७ गते : रु १ अर्ब ९२ करोड
- भदौ २८ गते : रु १ अर्ब ७१ करोड
- भदौ ३१ गते : रु १ अर्ब ११ करोड
- भदौ २४ गते (जेनजीको प्रदर्शनका दिन) : रु ३ करोड
- भदौ २६ गते : रु ६ करोड
- भदौ २७ गते : रु ११ करोड
यसरी, भदौ महिनामात्रै रु २० अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ।
ज्ञवालीका अनुसार भन्सार राजस्व संकलनमा आयात निर्यातको चहलपहल, नीतिगत व्यवस्था, र भन्सार प्रशासनको सक्रियता प्रमुख कारक रहेका छन्।