Join our Channel

त्रिभुवन विमानस्थलमा ब्राजिलियन महिला कोकिनसहित पक्राउ, १.९५ किलो लागुऔषध बरामद

त्रिभुवन विमानस्थलमा ब्राजिलियन महिला कोकिनसहित पक्राउ, १.९५ किलो लागुऔषध बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ब्राजिलियन नागरिकलाई करिब २ किलो लागुऔषध कोकिनसहित पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको विशेष टोलीले २१ वर्षीया एमिली मिकाएल सान्तोस फेरेरालाई ब्रा भित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाका अनुसार ती महिला साउन २१ गते ब्राजिलबाट दोहा हुँदै नेपाल आइपुगेकी थिइन् र नेपाल हुँदै भूटान जाने तयारीमा थिइन्।

विमानस्थलको प्रस्थान कक्षमा चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि तलासी लिँदा १ किलो ९५० ग्राम कोकिन फेला परेको थियो।

पक्राउ परेकी फेरेरामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको छ।

Leave a comment