Join our Channel

क्यानले महिला राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग्यो

क्यानले महिला राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग्यो

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षक पदमा आवेदन माग गरेको छ।

शनिबार बिहान क्यानले एक सूचना जारी गर्दै आवेदन खुला गरेको हो। क्यानका अनुसार इच्छुक उम्मेदवारले इसिबी/आरसीए लेभल–३ को कोर्ष पूरा गरेको हुनुपर्ने र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट अनुभव भएको व्यक्तिले मात्र आवेदन दिन पाउने छन्।

आवेदन दिने अन्तिम मिति अक्टोबर २५ सम्म रहने क्यानले जनाएको छ।

क्यानले आगामी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितालाई मध्यनजर गर्दै प्रशिक्षक पदका लागि आवेदन मागेको हो। उक्त प्रतियोगिता यही जनवरी महिनामा नेपालमै आयोजना हुने तयारी भइरहेको छ।

Leave a comment