
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेसँगै २० भन्दा बढी जेनजी प्रतिनिधिहरू छलफलमा सहभागी रहेका छन्।
छलफलमा जेनजी समूहले उठाएका विभिन्न मागहरू र समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित रहेर कुराकानी भइरहेको स्रोतले जनाएको छ।