
युरोपेली च्याम्पियन्स लिग २०२५/२६ को नयाँ सिजन मंगलबार रातिदेखि सुरु भएको छ। पहिलो दिन इंग्लिस क्लब आर्सनल र स्पेनिस जायन्ट रियल म्याड्रिडले विजयी सुरुआत गरेका छन्।
आर्सनलले एथलेटिको बिलबाओको मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै २–० को जित हात पार्यो। त्यसैगरी, स्टार स्ट्राइकर केयलिन एमबाप्पे को पेनाल्टीमार्फत दुई गोलको योगदानसहित रियल म्याड्रिडले फ्रान्सेली क्लब मार्सेललाई २–१ ले पराजित गर्यो।
युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमुन्डबीचको खेल भने रोमाञ्चक रह्यो। दुवै टिमले आक्रमणात्मक खेल प्रदर्शन गर्दै ४–४ को बराबरी खेले।
अन्य खेलमा, टोटनहमले स्पेनिस क्लब भिल्लारियललाई १–० ले हरायो। बेल्जियमको युनियन सेन्ट–गिलोसले नेदरल्याण्ड्सको पीएसभी आयनहोभनलाई ३–१ ले स्तब्ध पार्यो भने अजरबैजानको कोराबागले पोर्तुगाली क्लब बेनफिकामाथि ३–२ को अप्रत्याशित जित निकाल्दै ऐतिहासिक नतिजा दर्ता गर्यो।