
सिटिजन्स बैंकले फेरि ‘बैंक अफ द इयर २०२५’ अवार्ड पाएको छ। लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन्।
यो अवार्ड १३२ मुलुकका प्रतिष्ठित बैंकहरू बीचमा प्रदान गरिएको हो। नेपालबाट यस वर्ष सिटिजन्स बैंकले मात्रै यो सम्मान हासिल गरेको छ।
अवार्डको आधार
बैंक अफ द इयर अवार्ड प्राविधिक स्तरोन्नति, नयाँ उत्पादन, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव तथा बैंकको अग्रसरतालाई मूल्याङ्कन गर्दै प्रदान गरिन्छ।
सिटिजन्स बैंकले यी सबै क्षेत्रमा उत्कृष्टता देखाएको कारण बैंकले यो सम्मान पाएको हो।
अघिल्लो उपलब्धि
सन् २०२४ मा पनि सिटिजन्स बैंकले बैंक अफ द इयर को अवार्ड पाएको थियो। यस पटकको उपलब्धिले ग्राहक, सेयरधनी र कर्मचारीहरूको विश्वासलाई अझ बलियो बनाएको बैंकका सीईओ न्यौपानेले बताएका छन्।