
बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार:
- सुन: प्रतितोला ८ सय रुपैयाँ घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँ
- चाँदी: प्रतितोला ३० रुपैयाँ घटेर ३ हजार ६२५ रुपैयाँ
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँमा पुगेको थियो भने सुन २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ यसअघि असोज ३१ मा हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड गरिएको थियो।