Join our Channel

दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि आयोगले आज (सोमबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, कार्कीले सडक निर्माण योजना अन्तर्गत अन्तिम बिल भुक्तानी प्रक्रियामा सहजता मिलाइदिने बहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागेको र लिएको पुष्टि भएको हो।

अनुसन्धानका क्रममा पत्ता लागेको विवरणअनुसार, कार्कीले डुङ्गेश्वर गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजना अन्तर्गत घुस मागेको देखिएको छ। अख्तियारको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

अख्तियारले कार्कीविरुद्ध अवैध लाभ लिन खोजेको, सेवा प्रक्रियामा अनियमितता ल्याएको र अख्तियार दुरुपयोग गरेको अभियोगसहित मुद्दा दायर गरेको जनाएको छ।

Leave a comment