Join our Channel

सरकारी कार्यालयमा छड्के अनुगमन: ९७ कर्मचारी बेपत्ता, ६७ ले पोसाकसमेत लगाएनन्

सरकारी कार्यालयमा छड्के अनुगमन: ९७ कर्मचारी बेपत्ता, ६७ ले पोसाकसमेत लगाएनन्

दैलेख जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा सोमबार बिहान अचानक गरिएको छड्के अनुगमनका क्रममा ९७ जना कर्मचारी अनुपस्थित भेटिएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखले बिहान १०:१५ देखि ११:०० बजेसम्म १८ वटा कार्यालयको निरीक्षण गर्दा यो तथ्यांक सार्वजनिक भएको हो।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीनाथ गैह्रेका अनुसार, निरीक्षणका क्रममा ६७ जना कर्मचारीले तोकिएको सरकारी पोसाकसमेत नलगाएको पाइएको छ। यस्तै, केही कर्मचारीले हाजिरी गरे पनि कार्यकक्षमा उपस्थित नरहेको प्रजिअ गैह्रेको भनाइ छ।

निरीक्षणबाट पाइएको विवरण अनुसार:

  • जिल्ला समन्वय समिति: ५ अनुपस्थित, ४ पोसाकबिना
  • कोष तथा लेखा नियन्त्रण कार्यालय: २ अनुपस्थित
  • पुष्पलाल मध्यपहाडी राजमार्ग योजना: १२ अनुपस्थित, २ पोसाकबिना
  • शिक्षा विकास समन्वय इकाई: २ अनुपस्थित
  • मालपोत कार्यालय: ८ अनुपस्थित
  • डिभिजन वन कार्यालय: ९ अनुपस्थित
  • जिल्ला हुलाक कार्यालय: २ अनुपस्थित
  • खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय: १ अनुपस्थित
  • स्वास्थ्य सेवा कार्यालय: ३६ अनुपस्थित
  • आयुर्वेद स्वास्थ्य केन्द्र: २ अनुपस्थित
  • कृषि विकास कार्यालय: ३ अनुपस्थित
  • उद्योग तथा उपभोक्ता हित कार्यालय: २ अनुपस्थित
  • नारायण नगरपालिका: १२ अनुपस्थित

प्रजिअ गैह्रेका अनुसार, निरीक्षणका क्रममा अनुपस्थित तथा पोसाकबिना रहेका कर्मचारीको सम्बन्धमा सोधपुछ गरी कार्यालय प्रमुखमार्फत लिखित स्पष्टीकरण मागिनेछ। साथै, स्पष्टीकरणको आधारमा प्रचलित कानुनअनुसार कारबाहीका लागि सिफारिस गरिने पनि उनले जानकारी दिए।

Leave a comment