Join our Channel

दलाई लामाबाट प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

दलाई लामाबाट प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

तिब्बती धर्मगुरु तथा नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।

नेपाल–तिब्बत सम्बन्धप्रति आभार

शुभकामना सन्देश जारी गर्दै दलाई लामाले भने, “नेपाल र तिब्बतका जनताबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। सन् १९५९ पछि जबरजस्ती निर्वासनमा आउनुपरेका शरणार्थीहरूलाई पुनःस्थापना गर्न नेपाल सरकार र नेपाली जनताले दिएको सहयोगप्रति म अत्यन्तै आभारी छु।”

अर्थतन्त्रमा तिब्बती समुदायको योगदान

उनले नेपाली भूमिमा बसोबास गर्दै आएका तिब्बती समुदायले नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको विश्वास व्यक्त गरे। “तिब्बती समुदायको संख्या कम भए पनि उनीहरूको योगदान सकारात्मक र अर्थपूर्ण छ,” दलाई लामाले भने।

विकास र समृद्धिको प्रशंसा

दलाई लामाले पछिल्ला वर्षहरूमा नेपालमा देखिएको विकास र समृद्धिको पनि प्रशंसा गरे। उनले भने, “जब यस्तो प्रगतिले गरिब र आवश्यक परेका मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ, त्यस्तो उपलब्धि अझ अर्थपूर्ण हुन्छ।”

प्रधानमन्त्री कार्कीलाई शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीलाई सशक्त नेतृत्वको शुभकामना दिंदै उनले चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षा पूरा गर्ने अपेक्षा व्यक्त गरे।

Leave a comment