Join our Channel

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन राष्ट्रपति रामचन्द्र पौडेलको अपिल

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

शनिबार जारी वक्तव्यमार्फत राष्ट्रपति पौडेलले कठिन परिस्थितिबाट मुलुकले शान्तिपूर्ण निकास पाएको भन्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचन आवश्यक रहेको उल्लेख गरे।

लोकतन्त्र जोगिएको राष्ट्रपति पौडेलको भनाइ

राष्ट्रपति पौडेलले भने,
“देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपछि एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ, र संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ।”

उनले ६ महिनाभित्र हुने चुनावले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न नयाँ अवसर दिने विश्वास व्यक्त गरे।

सबैलाई सहयोगको आग्रह

राष्ट्रपतिले निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, सरोकारवाला निकाय, नागरिक समाज र जनतालाई सहयोग गर्न अपिल गरे।
उनका अनुसार, जनताको आस्था र विश्वास जोगाउन निष्पक्ष, स्वतन्त्र र विश्वासिलो निर्वाचन अपरिहार्य छ।

Leave a comment