Join our Channel

भदौको प्रदर्शनमा क्षतिग्रस्त सडक मर्मत गरिने, सडक विभागले सुरु गर्यो विवरण सङ्कलन

भदौको प्रदर्शनमा क्षतिग्रस्त सडक मर्मत गरिने, सडक विभागले सुरु गर्यो विवरण सङ्कलन

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेका सडकहरूलाई सडक विभागले मर्मत गर्ने भएको छ। प्रदर्शनमा टायर, दाउरा र गाडी जलाउँदा सडकको कालोपत्रे पग्लेर खाल्डो परेको स्थानहरूमा पुनः कालोपत्रे गरिने विभागले जनाएको छ।

सडक विभागका सहसचिव तथा प्रवक्ता प्रभातकुमार झाका अनुसार हाल क्षतिग्रस्त स्थानहरूको विवरण सङ्कलन भइरहेको छ। विवरण संकलन पूरा भएपछि सडकहरूलाई जस्ताको तस्तै देखिने गरी पुनः कालोपत्रे गरिने उनले स्पष्ट पारे।

आगजनीले सीमित क्षति

  • प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न राजमार्गमा आंशिक क्षति पुगेको विभागले जनाएको छ।
  • डढेका भागमा कालोपत्रे भत्काएर नयाँ कालोपत्रे गर्ने योजना छ।
  • विभागले सडक मर्मतलाई प्राथमिकतामा राखेको छ।

सडक विभागको कार्यालयमा ठूलो क्षति

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा बबरमहलस्थित सडक विभागको केन्द्रीय कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।
यो भवन २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको थियो। तर हालैको आगजनीपछि भवन फेरि खरानीमा परिणत भएको छ।

त्यसअघि विभागको कार्यालय भूकम्पपछि ललितपुरको चाकुपाटस्थित भवनबाट सञ्चालनमा ल्याइएको थियो। बबरमहल पुनर्निर्माणपछि कार्यालय त्यहाँ स्थानान्तरण गरिएको भए पनि हाल फेरि चाकुपाटमै सञ्चालन गरिएको छ।

विभिन्न शाखा र आयोजना कार्यालयहरूको सञ्चालन

  • मदन भण्डारी राजमार्ग योजना निर्देशनालय, यान्त्रिक महाशाखा, यान्त्रिक तालिम केन्द्र – पाटनढोका, चाकुपाट
  • विकास सहायता कार्यान्वयन महाशाखा – गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, चाकुपाट
  • कान्ति लोकपथ योजना कार्यालय – एकान्तकुनास्थित पानीजहाज कार्यालय
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौँ चक्रपथ सुधार आयोजना, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुल महाशाखा – बबरमहलस्थित क्षति नभएको भवन
  • हुलाकी राजमार्ग आयोजना निर्देशनालय – विशालनगरस्थित रेल विभाग
  • उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय – मीनभवनस्थित सडक डिभिजन परिसर

Leave a comment