Join our Channel

रामकुमारी झाँक्री भन्छिन् : जेन–जीलाई राजनीतिमा सक्रिय र अगाडि आउनुपर्छ

रामकुमारी झाँक्री भन्छिन् : जेन–जीलाई राजनीतिमा सक्रिय र अगाडि आउनुपर्छ

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेन–जीलाई राजनीतिमा सक्रिय र संगठित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन्। उनले यो पुस्तालाई देशको भविष्यको रूपमा तयार पार्न आवश्यक रहेको बताइन्।

झाँक्रीका अनुसार, “जेन–जी कुनै पार्टी होइन, कुनै विचारधारा होइन, यो निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो। त्यसैले यो पुस्तालाई राजनैतिक र वैचारिक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ। देशको नेतृत्व गर्ने क्षमता यही पुस्तामा छ।”

नेतृ झाँक्रीले भनिन् कि राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन हुँदै गएपछि यो पुस्ताले नयाँ रूपमा अभिव्यक्ति दिन थालेको हो। उनले थपिन्, “विचार र राजनीतिमा संगठित नभएकै कारण विद्रोह अरूले हाइज्याक गरे।”

झाँक्रीले यो अभियानलाई दीर्घकालीन र आवश्यक कदमको रूपमा व्याख्या गर्दै भनिन्, “आत्तिनु पर्दैन, यो एउटा अभियान हो। मिल्नेहरू जोडिँदै जानेछन्, नमिल्नेहरू आफैं छुट्नेछन्।

उनले अन्त्यमा युवालाई सम्बोधन गर्दै भनिन्, “तपाईंहरूको प्रयास ठिक दिशामा छ। देशको रूपान्तरण यही पुस्ताबाट सुरु हुन्छ। अगाडि बढ्नुस् — मेरो सधैं साथ र शुभकामना छ।

Leave a comment