Join our Channel

दशैंमा नयाँ नोट साट्न नपाइने, भदौ २९ गतेदेखि सुकिला नोट मात्र

दशैंमा नयाँ नोट साट्न नपाइने, भदौ २९ गतेदेखि सुकिला नोट मात्र

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैं–तिहारका लागि नयाँ नोट सटही सुविधा प्रदान नगर्ने भएको छ। खर्च व्यवस्थापनका कारण राष्ट्र बैंकले नयाँ नोटको वितरण रोकेर बजारबाट संकलित र कम प्रयोग भएका (सुकिला) नोट मात्र उपलब्ध गराउने निर्णय गरेको हो।

मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारण, संघ/संस्था र वित्तीय संस्थाहरूमार्फत सुकिला नोट सटही सुविधा दिइनेछ। थापाथलीस्थित मुख्य कार्यालयसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेश कार्यालय तथा इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले उक्त सेवा उपलब्ध गराउनेछन्।

विगतमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही हुने प्रचलन थियो। तर चाडपर्वमा छिट्टै बिग्रने र छाप्ने खर्च उच्च हुने कारण राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोट वितरण बन्द गरेको हो।

Leave a comment