Join our Channel

राष्ट्रपतिबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

राष्ट्रपतिबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक २०८२ प्रमाणीकरण गरेका छन्।

बुधबार राष्ट्रपति कार्यालयले जानकारी दिँदै राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, विधेयक संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपतिसमक्ष पेश गरिएको थियो।

उक्त विधेयक राष्ट्रिय सभाबाट प्रारम्भ भएको थियो र प्रतिनिधिसभाबाट गत जेठ ४ गते पारित भएको थियो। अब यो विधेयक कानुनी रूपले लागू हुने भएको छ, जसबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालनको प्रक्रिया अगाडि बढ्नेछ।

Leave a comment