Join our Channel

भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ, खुकुरी र छर्रा पनि बरामद

भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ, खुकुरी र छर्रा पनि बरामद

धनकुटाको टेम्केमैयुङ गाउँपालिकामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्। टेम्केमैयुङ गाउँपालिका–३ हर्कटे सामुदायिक वन क्षेत्रबाट सोही गाउँपालिका–४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राई पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट १ थान भरुवा बन्दुक, १ थान खुकुरी, र बन्दुकमा प्रयोग हुने छर्रा समेत बरामद गरिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका राईले उक्त भरुवा बन्दुक गैरकानुनी रूपमा राखेको हुन सक्ने शंका गरिएको छ।

हाल उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a comment