Join our Channel

धरानमा प्रेमप्रसंगको झगडामा खुकुरी प्रहार, एक युवक गम्भीर घाइते

धरानमा प्रेमप्रसंगको झगडामा खुकुरी प्रहार, एक युवक गम्भीर घाइते

धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा प्रेमसम्बन्धको विषयलाई लिएर भएको झगडाले हिंसात्मक रुप लिँदा एक युवक खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।

बुधबार साँझ करिब ६:३० बजेको समयमा केटीको विषयमा विवाद चर्किएपछि मोरङका अविनाश राईले धरान–२० का २८ वर्षीय समिर राईमाथि पछाडिबाट खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जानकारी दिएका छन्।

घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ। प्रहरीका अनुसार अभियुक्त अविनाश राई हाल फरार छन् र उनको खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a comment