Join our Channel

१३८ केजी गाँजासहित ६ युवक पक्राउ – मकवानपुरमा ठूलो लागूऔषध पक्राउ

१३८ केजी गाँजासहित ६ युवक पक्राउ – मकवानपुरमा ठूलो लागूऔषध पक्राउ

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र मकवानपुर प्रहरीको संयुक्त अभियानमा १३८ केजीभन्दा बढी गाँजासहित ६ जना युवक पक्राउ परेका छन्। प्रहरीले दुईवटा ईभी (इलेक्ट्रिक भेहिकल) गाडीमा लुकाइराखिएको गाँजा बरामद गरेको हो।

पहिलो घटना – ११२.७९ केजी गाँजा बरामद

हेटौंडा उपमहानगरपालिका–३ वसामाडीबाट काभ्रे पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ गाउँपालिका–८ का २२ वर्षीय सागर तामाङ पक्राउ परेका छन्।
बा.प्र.०१–००२ ज ६५४९ नम्बरको ईभी गाडी जाँच गर्दा ११२ केजी ७९० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजा प्लास्टिकमा प्याक गरेर गाडीभित्र लुकाइएको थियो।

दोस्रो घटना – २६.१० केजी गाँजा बरामद

यसैगरी, मकवानपुर राक्सीराङ गाउँपालिका–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई बा.प्र.०६–००१ ज ०५०३ नम्बरको यात्रुवाहक ईभी गाडीबाट पक्राउ गरिएको हो। उनीहरूसँग २६ केजी १० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी

पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्दामा म्याद अनुमती लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

Leave a comment