
माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई सुधार केन्द्र पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार प्रदर्शनका क्रममा भुसाललाई पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानका क्रममा गरिएको मेडिकल परीक्षणमा उनले गाँजा सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
“मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पुष्टि भएपछि उनलाई परिवारको जिम्मा लगाई सुधार केन्द्र पठाइएको हो,” भट्टराईले भने।
डा. भुसाललाई माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो। प्रहरीले उनीसँगै पक्राउ परेकामध्ये अरू व्यक्तिहरूमाथि पनि कानूनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।