Join our Channel

काठमाडौंमा ४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौंमा ४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौंमा ४० किलो लागुऔषध गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन्।

डेराबाट गाँजा बरामद

प्रहरीका अनुसार उनीहरूले कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाइ राखेको अवस्थामा ४० किलो गाँजा बरामद गरिएको हो।
साथै, उनीहरूको साथबाट नगद १ लाख २५ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

बिक्री वितरणमा संलग्न

पक्राउ परेकाहरू गाँजा बिक्री वितरणमा संलग्न रहेको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a comment