
जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको स्मृतिमा आज काठमाडौंको माइतीघर मण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।
जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको उक्त कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको तस्बिरमा भाइटीका लगाइएका थिए।
शहीद परिवार र घाइते युवाको सहभागिता
कार्यक्रममा शहीद परिवार, आन्दोलनमा घाइते भएका युवा, र समर्थकहरूको उपस्थिती उल्लेखनीय थियो। सहभागीहरूले देशमा लोकतान्त्रिक अधिकार, स्वतन्त्रता र परिवर्तनका लागि ज्यान आहुति दिने शहीदहरूलाई सम्झँदै राष्ट्रिय एकताको सन्देश दिएका थिए।
श्रद्धाञ्जलीसहितको विशेष कार्यक्रम
सामूहिक भाइटीका कार्यक्रममार्फत सहभागीहरूले “शहीदहरूको बलिदान व्यर्थ नजाओस्” भन्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको क्रममा सहभागीहरूले शान्तिपूर्ण परिवर्तन, युवा नेतृत्व र राष्ट्रिय समर्पणका विषयमा आह्वानसमेत गरेका थिए।