Join our Channel

जेन–जी आन्दोलनमा निधन भएकालाई सहिद घोषणा

जेन–जी आन्दोलनमा निधन भएकालाई सहिद घोषणा

सरकारले जेन–जी आन्दोलनका क्रममा निधन भएकालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सहिद घोषित व्यक्तिहरूको राष्ट्रिय सम्मानसहित अन्तेष्टि गरिनेछ।

सोमबार साँझ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको सम्झनामा असोज १ गते शोक दिवस मनाइने जानकारी दिएका छन्।

मन्त्रिपरिषद्ले मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ। साथै, भदौ २३ र २४ गतेको घटनासम्बन्धी अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरिने भएको छ।

सरकारले सहादत प्राप्त व्यक्तिहरूको सम्मानमा जेन–जी स्मारक बनाउने पनि निर्णय गरेको छ।

यस कदमले अधिकार, न्याय र राष्ट्रिय सम्मानको सुनिश्चितता गर्दै आन्दोलनमा गुमाएका जीवनको स्मरण गर्ने प्रयासलाई औपचारिक स्वरूप दिएको छ।

Leave a comment