Join our Channel

गोरखामा रसुवाका तामाङको रहस्यमय मृत्यु, सुतेकै कोठामा भेटिए मृत

गोरखामा रसुवाका तामाङको रहस्यमय मृत्यु, सुतेकै कोठामा भेटिए मृत

गोरखामा निर्माण कार्यमा संलग्न एक व्यक्ति सुतेकै अवस्थामा मृत फेला परेका छन्। गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–४, सिंजाली माविको नयाँ भवन निर्माणस्थलमा कार्यरत रसुवाका छेवाङ नाम्ग्याल तामाङ शनिबार बिहान मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय तामाङ बिहान अबेरसम्म नउठेपछि विद्यालयका प्रधानाध्यापकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी सहायक निरीक्षक उमेश यादवको नेतृत्वमा गएको प्रहरी टोलीले कोठाको ढोका खोलेर हेर्दा तामाङ मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।

तामाङ **चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको विद्यालय भवनमा कार्यरत चिनियाँ प्राविधिकहरूका लागि दोभाषे (translator)**का रूपमा काम गर्दै आएका थिए।

नेपालका विभिन्न स्थानमा चीन सरकारको सहयोगमा १० विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअन्तर्गत सिंजाली माविको भवन पनि निर्माणाधीन छ।

प्रहरीले तामाङको मृत्युबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a comment