
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका तीन महत्त्वपूर्ण निकायलाई सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिँदै भने,
- राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अब अर्थ मन्त्रालय अन्तर्गत रहनेछन्।
- राष्ट्रिय अनुसन्धान विभाग भने गृह मन्त्रालय मातहतमा सारिएको छ।
जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति
बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नेपाली नागरिक (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) का परिवारलाई क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ।
- प्रत्येक परिवारलाई १० लाख रुपैयाँ
- अन्त्येष्टि तथा अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
अन्य निर्णयहरू
- सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत
- अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण अब प्रत्यक्ष सूचना विभागमार्फत गर्न सकिने व्यवस्था
- सरकारका प्रवक्तामा जगदिश खरेललाई तोक्ने निर्णय