Join our Channel

सोमबारदेखि सरकारी सहुलियत पसल, खाद्य सामग्रीमा ७० रुपैयाँसम्म छुट

सोमबारदेखि सरकारी सहुलियत पसल, खाद्य सामग्रीमा ७० रुपैयाँसम्म छुट

सरकारले चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्न लागेको छ। यसअन्तर्गत खाद्य सामग्री, तेल, नुन, चिनी, पिठो, दाल लगायतका वस्तुमा सामान अनुसार ७० रुपैयाँसम्म छुट लागू हुने भएको छ।

छुट विवरण

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी: प्रतिकिलो ५–१० रुपैयाँ
  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड: नुन २, चिनी ५, तेल ७, चिउरा ७ रुपैयाँसम्म
  • दुग्ध विकास संस्थान (डीडीसी): ७० रुपैयाँसम्म

साल्टले १२ बिक्री केन्द्र र ३ घुम्ती पसलमार्फत ४० स्थानमा छुट दिने जनाएको छ। पिठो, मैदा र दालमा पनि प्रतिकिलो ७ रुपैयाँ छुट लागू हुने छ।

सञ्चालन स्थान र अनलाइन बिक्री

सहुलियत पसल ४५ जिल्लाका १ सय ११ ठाउँबाट सञ्चालन हुने छ। सर्वसाधारणले खाद्यको आउलेट, बिक्री केन्द्र र अनलाइनबाट छुटका सामान किन्न सक्ने छन्।

आयोजकको भनाइ

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार यसपालि दुर्गम जिल्लामा केन्द्रित गरी बिक्री केन्द्र विस्तार गरिएको छ। आवश्यक परे थप जिल्ला र स्थानमा पनि संचालन गर्ने योजना रहेको बताए।

Leave a comment