Join our Channel

जेन–जी मतमा ४% पाएको ‘मक्ख’ महावीर पुन, युवाको मन जित्न थप काम गर्ने वाचा

जेन–जी मतमा ४% पाएको ‘मक्ख’ महावीर, युवाको मन जित्न थप काम गर्ने वाचा

चर्चित अभियन्ता एवं वैज्ञानिक महावीर पुनले जेन–जी पुस्ताले प्रधानमन्त्रीका लागि गरेको अनलाइन भोटिङमा चार प्रतिशत मत पाएकोमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

Table of Contents

पुनको प्रतिक्रिया

महावीर पुनले लेखेका छन्,

“ए, कसलाई प्रधान मन्त्री चुन्ने भनेर भाइबहिनीहरूले चुनाव गरेका रहेछन्। सबैभन्दा कम भोट (४%) पाउने त म पो रहेछु। म निकै खुसी भएँ किन भने मैले युवाको मन जित्ने काम पटक्कै गरेको रहेनछु।”

उनीले यो अनुभवलाई आत्म विश्लेषण र प्रेरणाको रूपमा लिएको बताएका छन्।

आगामी योजना

पुनले आगामी दिनमा युवाको मन जित्न थप मेहनत गर्ने वाचा गरेका छन्। उनले बताए:

  • वीरगन्ज कृषि औजार कारखाना, वीरगन्जमा काम बढाउने
  • राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौमा नवप्रवर्तनमा ध्यान दिने
  • आर्डसिटी इनोभेसन ल्याब, पोखरामा अनुसन्धान र परियोजना विस्तार गर्ने

उनी भन्छन्, यसबाट भविष्यमा यस्तै भोटिङमा बढी मत पाउन मद्दत मिल्नेछ र आफ्नो आत्मकथाको पुस्तक पनि बढी बिक्री हुने अपेक्षा छ।

Leave a comment