
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक अभियन्ता आशिका तामाङ र गिभिना मगरलाई आफ्नो राजनीतिक टोलीमा स्वागत गर्ने इच्छा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन् —
“गिभिना मगर र आशिका तामाङलाई पनि स्वागत गर्ने मन छ! ढिलो नगर्नु होला, प्लिज!”
उनको यो भनाइ पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ। साम्पाङले यसअघि पनि विभिन्न युवा अभियन्ता र सामाजिक व्यक्तित्वहरूलाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गर्दै आएका छन्।