Join our Channel

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध!

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध!

नेपालमा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार:

  • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
  • कोशी र बागमती प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।

यसैगरी,

  • उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा, विशेषगरी कोशी र बागमतीका केही भूभागहरूमा, हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

रातिको मौसम पूर्वानुमान:

  • देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
  • यी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

सावधानी:

  • बाढी, पहिरो तथा आवागमनमा असर पर्न सक्ने भएकाले सर्बसाधारणले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

Leave a comment