Join our Channel

हेटौंडामा सवारी दुर्घटना : बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

हेटौंडामा सवारी दुर्घटना : बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभर डाँडामा एक यात्रुबाहक बसले अन टेस्ट कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, वीरगन्जबाट हेटौंडातर्फ आइरहेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर विपरीत दिशाबाट आइरहेको अन टेस्ट कारमा ठक्कर दिँदा कारमा सवार ६ जना र बसमा सवार ४ जना गरी १० जना घाइते भएका हुन्।

प्रहरीका अनुसार, तीव्र गतिमा रहेको बसले त्यसपछि ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको थियो। लगातार ठक्कर दिँदै अघि बढेको बस अन्ततः सडकबाट करिब सय मिटर टाढा रहेको रुखमा ठोकिएर मात्र रोकिएको हो।

घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार, बसको नियमित मर्मत अभावका कारण ब्रेक फेल भएको आशंका गरिएको छ।

Leave a comment