Join our Channel

हुन्डाई कारखानामा छापा: ४७५ आप्रवासी कामदार पक्राउ

हुन्डाई कारखानामा छापा: ४७५ आप्रवासी कामदार पक्राउ

अमेरिकाको जर्जिया राज्यको सवनाह नजिक रहेको हुन्डाई मोटर कम्पनीको इलेक्ट्रिक गाडी उत्पादन कारखानामा अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (DHS) अन्तर्गतको इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (ICE) ले छापा मार्दा ४७५ आप्रवासी कामदार पक्राउ परेका छन्।

छापा करिब एक महिनाको अनुसन्धानपछि भएको हो। पक्राउ परेकामध्ये अधिकांश दक्षिण कोरियाली नागरिक रहेको जनाइएको छ। दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार करीब ३०० जना उनीहरूका नागरिक हुन्।

यो कारखाना करिब ३,००० एकड क्षेत्रमा फैलिएको र ७.६ अर्ब अमेरिकी डलर लागतमा स्थापना गरिएको हो। हुन्डाई र एलजी इनर्जी सोलुसनको सहकार्यमा यो प्लान्टबाट इलेक्ट्रिक गाडी र ब्याट्री उत्पादन गरिँदै आएको छ।

पक्राउ परेकाहरूलाई फ्लोरिडाको फोल्क्सटनमा रहेको अध्यागमन हिरासत गृहमा राखिएको छ। यो अपरेसनलाई होमल्यान्ड सेक्युरिटीले पछिल्लो दशकमा सञ्चालन गरेका ठूला अपरेसनमध्ये एक मानिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले हालै सेप्टेम्बर ५ मा जारी गरेको कार्यकारी आदेशअनुसार गैर कानुनी कामदारलाई रोजगार दिने र आश्रय दिने मुलुकहरूलाई कडा नीतिगत प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

Leave a comment