Join our Channel

एमालेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन आज हुँदै

एमालेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन आज हुँदै

नेकपा एमालेले आज आफ्नो केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आयोगको नेतृत्व चयन गर्ने कार्यसूची रहेको छ।

हाल आयोगमा अध्यक्ष डा. बिजय सुब्बा, उपाध्यक्ष सानुराज पोखरेल, सचिव डा. कुन्साङ लामा र २७ जना सदस्य रहेका छन्।

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ नारासहित शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनमा २,३४१ प्रतिनिधिहरू सहभागी छन्।

Leave a comment